सुर्खेत । नेपाल कम्युिष्ट पार्टि, एमाले का महासचिव शंकर पोख्रेल आज सुर्खेत आउनुभएकाे छ । सुर्खेतमा आयोजना गरिएकाे कार्यकर्ता प्रशिक्षण तथा भेलामा सहभागी हुन महासचिव पाेख्रेल आज विहान सुर्खेत आउनु भएकाे हाे । एमालेले सुर्खेत सभा कक्षमा आज ११ बजे बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयाेजना गरेकाे छ ।
महासचिवलाई स्वागत गर्न पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेल, पार्टी केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला सह ईन्चार्ज मोहनमाया ढकाल लगाएतका नेता तथा कार्यकर्ताहरु सुर्खेत विमानस्थलमा पुग्नु भएकाे थियाे। महासचिव पोख्रेलले नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पार्टी कार्यालय समेत उद्घाटन गर्नुभएकने । वीरेन्द्रनगर ८ सुर्खेतमा रहेको पार्टी कार्यालयको विधिवत रुपमा महासचिव पोख्रेलले आज विहान उद्घाटन गरेका हुन् ।

