स्याककाे बार्षिक उत्सवको पूर्वसन्ध्यामा दीप प्रज्वलन


जागरण संवाददाता ।
सुर्खेत, २८ साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपालको २८ औँ बार्षिक उत्सव एवं २७ औँ बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा शनिबार दीप प्रज्वलन गरिएको छ ।
संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर १२ मा दीप प्रज्वलन गरिएको हो । स्याकले भोली साउन २९ गते बार्षिक उत्सव मनाउदै छ । ‘अन्धकारलाई सराप्नुभन्दा एउटा बत्ती बाल्नु बेश’ भन्ने मूल नाराका साथ महिला बालबालिका र किशोरकिशोरीहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनैतिक जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यले २०५२ सालमा स्याकको स्थापना भएको थियो । संस्थाले तीनै तहका सरकार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ संस्थासंगको सहकार्यमा विभिन्न १४ जिल्लामा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । नियमित रुपमा बार्षिक साधारणसभा गर्नेक्रममा यस बर्ष आइतबार २७ औँ साधारणसभाको आयोजना गरिएको संस्थाका अध्यक्ष मिना तिवारीले जानकारी दिनुभयो ।