मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । प्रहरीले मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालत मानव बेचबिखन मुद्दामा फैसला तोकेको प्रतिवादीलाई प्रह्रीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–९ की २६ वर्षीय सितल बादीलाई पक्राउ गरेको हो ।
उनलाई सुर्खेत जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो । प्रहरीले उनलाई गुर्भाकोट नगरपालिका–९ स्थित वडा यरियामाबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेर प्रहरीले सुर्खेत जिल्ला अदालतमा पठाईएको जनाएको छ ।