सुर्खेत । बालबालीकाको क्षेत्रमा कार्यरत कर्णालीमा विभिन्न सरोकारवाला व्यक्तीहरुले निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगराउन राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।
आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारको क्रममा गरिने विभिन्न आमसभाहरु घरदैलो अभियान लगायतका कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन र उनीहरुको शिक्षामा कुनै असर नपु¥याउन सचेत रहन भनेका हुन ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले अनूगमनका क्रममा बालबालिकाको प्रयोग भएको पाइएको भन्दै यस्तो कार्य कानुन विपरित हुने भन्दै राजनितिक दल सचेत हुनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो, “निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्ने छैनौँ भनेर राजनितिक दलहरुले लिखित प्रतिवद्धता जनाउनुभएको भएको छ, म फेरी त्यो प्रतिवद्धतालाई स्मरण गराउन चाहान्छु ।” त्यती मात्रै होइन निर्वाचन आचारसहिंताले पनि बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरेको भन्दै उहाले राजनितिक दल र उमेद्वार यसतर्फ जिम्मेवार भएर लाग्न सुझाव दिनुभयो ।
यस्तै, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पनि अनूगमनका क्रममा कर्णालीका केही जिल्लाहरुमा निर्वाचन प्रचार ÷प्रसारमा बालबालीकाको प्रयोग र झड्पका घटनाहरु भएका पाइएको छ, उहाले भन्नुभयो, “देशको नेतृत्व गर्ने राजनितिक दल र उमेद्वार बालबालिकाप्रति सम्बेदनशिल हुन सकिएन भने के हुन्छ ? त्यसैले आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न र नगराउन सबै नीकाय गम्भिर हुनुपर्छ ।”
यता, प्रमुख राजनितिक दलहरुले भने निर्वाचन आयोगले जारी गरेका प्रावधान र आचारसंहिता कार्यान्वयनबारे सचेत रहेको बताएका छन ।
नेकपा मओवादी (केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले निर्वाचनमा बालबालीकाको प्रयोग प्रति आफ्नो पाटी सचेत रहेको बताउनुभयो । “कतिपय बालबालिका इच्छाले, रहरले अभिभावकहरुसँग आएपनि उनीहरुलाई सभा सम्मेलनहरुमा आउनुहुँदैन भन्ने गरिएको छ । बालबालिकालाई प्रर्दशन, जुलुस आमसभामा प्रयोग गरिएको छैन ।” उहाले भन्नुभयो ।
आफ्नो पार्टी यस्ता कुरामा विगतदेखि नै सचेत रहेको भन्दै निर्वाचन आयोगले जारी गरेको आचारसहिंताको पालना सहि ढङ्गले गरिरहेको बताउनुभयो ।
नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद शाहले पनि पाटिका कुनै पनि कार्यक्रम र निर्वाचन प्रचार÷प्रसारमा बालबालीकाको प्रयोग गर्नुहुन्न भन्ने कुरामा आफ्नो सजक रहेको बताउनुभयो । “जानेर वा नजानेर केही छिटपुट त्यस्ता घटनाहरु भएका सत्य हो, उहाले भन्नुभयो, तर हामी यो कुरामा सचेत छौ ।”
यता, निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । आचारसहिंता विपरित बालबालिकाको प्रयोग भएको पाइएमा तिन बर्षसम्म कैददेखि ७५ हजारसम्म जरिवाना हुने निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालयका अधिकारी दुर्गा प्रसाद चालिसेले बताउनुभयो ।
उहाले भन्नुभयो, “अहिलेसम्म आयोग कार्यालयमा बालबालिका प्रयोग सम्बन्धीका उजुरी आएको छैन, यदी त्यस्तो कार्य भएको पाइएमा कारवाही गरिन्छ ।”
राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरू सार्वजनिक गर्दै, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने’ आयोगले भनेको छ ।