कालिकोट । कालिकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।
शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्दै विजयी हासिल गर्नुभएको हो ।
शाहीले २४ हजार ४ सय ७४ मत पाउनुभएको छ । भने उहाका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४ सय १० मत पाउनुभएको छ ।
यसअघि ०७० मा संविधानसभा सदस्य निर्वाचन जित्नुभएका शाकही ०७४ मा कर्णाली प्रदेशसभामा जित हासिल गर्दै पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।

