दुर्गा मन्दिर महायज्ञको आम्दानी खर्च सार्वजनिक

सुर्खेत, १९ पुस ।
दुर्गा मन्दिर समिति वीरेन्द्रनगर १ सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७९ को आम्दानी–खर्च सार्वजनिक गरिएको छ । मंसिर २२ गते देखि २९ गतेसम्म भएको महायज्ञको समितिले मंगलबार एक कार्यक्रमको आयोजनागरी सार्वजनिक सुनुवाई गरेको हो।
समितिका अनुसार महायज्ञबाट २६ लाख १७ हजार ५० रुपैयाँ आम्दानी भएको छ । जनकल्याण संस्थाबाट सापटि २ लाख १५ हजार, कलस वितरणबाट ३ लाख ९० हजार पाँच सय, दान पेटिकाबाट २ हजार ४ सय, दानबाट संकलित रकम १९ लाख ८८ हजार २५० र सप्ताहबाट उठेको चामल बेचेर २० हजार ९०० रुपैयाँ आम्दानी भएको सप्ताहका संयोजक तुल्सीप्रसाद अधिकारीले जानकारी दिनुभयो । कवोल गरेको रकममा केही उठ्न बाँकी रहेको पनि समितिले जनाएको छ ।
दुर्गा मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर छिर्ने मुल गेटमै भएकोले मन्दिरलाई पर्यटकीय हब बनाउन र योगा भवन बनाउनका लागि महायज्ञ सञ्चालन गरिएको समितिले जनाएको छ । कठिन चुनौतिका बावजुद पनि महायज्ञ सम्पन्न गरेको भन्दै वीरेन्द्रनगर १ का वडा अध्यक्ष दिनेश खत्रीले समितिले राखेको लक्ष्य पूरा गर्नका लागि आगामी दिनमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।