कर्णालीका सा‌ंसद भन्छन्ः गाउँगाउँमा सिंहदरबार हाेईन सिंह मात्रै अाए

सुर्खेत, २० असार (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले जिल्ला समन्वय समितिलाई स्थानीय तहले गर्ने हरेक गतिविधिहरुको अनुगमन गर्ने सम्पुर्ण अधिकार दिनुपर्ने जोड दिएका छन् ।
आज प्रदेश सभाको बैठकमा कर्णाली प्रदेशका जिल्ला समन्वय समितिको जिल्ला सभा संचालनका लागि व्यवस्थापन सम्बन्धि बनेको विधेयकको शैद्धान्तिक छलफलमा भाग लिदै उनीहरुले यस्तो बताएका हुन् ।
बैठकमा सांसद दानसिंह परियारले गाउँपालिका र नगरपालिकाले गर्ने गतिविधिहरुमा अनुगमन गर्ने अधिकार जिल्ला समन्वय समितिलाई दिनुपर्ने बताउनुभयो । यसले गर्दा भ्रष्ट्राचार र अनियमितता कम हुने पनि उहाँको भनाई छ । सि‌ंहदरबारका अधिकार गाउँगाउँमा भन्ने नाराप्रति लक्षित गर्दै उहाँले  दरबार काठमाण्डाै‌ंमै रह्याे सिंह गाउँमा अाएकाे भन्ने भ्रम जनतामा परेकाे टिप्पणी गर्नुभयाे । गलत गर्ने स्थानीय तहलाई कारवाही गर्ने अधिकार पनि जिससलाई दिइनुपर्ने बताउनुभयाे ।

सांसद पदमबहादुर रोकायले ऐन कानुन नहुँदा स्थानीय तहमा मनपरीतन्त्र बढेको बताउनुभयो ।
उहाँले एक वर्षको कार्यकालमा रकम हिनामिना भएको भन्दै स्थानीय तहको निगरानि गर्ने र पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

सांसद चन्द्रबहादुर शाहीले स्थानीय तहलाई मजबुद र बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गुलाबजंह शाहले नगर र गाउँसभा संचालन लागि व्यवस्था बनेको विधेयक माथि छलफल गदै स्थानीय तहलाई अनुशासन, इमान्दारिता र पारदर्शिताको कार्यविधि गराउनुपर्ने बताउनुभयो ।
छलफलमा हिमबहादुर शाही, करविर शाही, चन्द्रबहादुर शाहीलगायतले आआफ्नो धारणा राखेका थिए ।