बसको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार ती महिलाको नाम थर र ठेगाना खुलेको छैन् ।
अन्दाजी ६६ वर्षीय उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘बस नियन्त्रणमा लिएका छौं, चालक फरार छन् । खोजीकार्य भै हरको छ’ प्रवक्ता शाहीले भन्नुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।