ट्रकको ठक्करबाट गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु

सुर्खेत । ट्रकको ठक्करबाट गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का कृष्ण चौधरी रहनुभएको छ ।
उहालाई वीरेन्द्रनगर–१० स्थित घुस्रा जाने सडकको बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनी ट्रकले सोमबार विहान ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर १० का बुद्धिराम थारु गम्भीर घाइते हुनुभएको छ ।
उहाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । घटनापछि ट्रक चालक जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३६ को रवि सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।