राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । उहा निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाउनुभएको छ । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाउनुभयो । पाँच मत भने बदर भएको छ ।
जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गर्नुभयो । उहाको कुल मतभार ३३८०२ रहेको छ । यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गर्नुभयो ।