२७, जागरण । जागरण नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार आजबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले आइतबार राजीनामा दिएका थिए । यसअघि पुस १० गतेको समीकरण अनुसार पुस २७ गते नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो ।
त्यसपछि राष्ट्रपति निर्वाचन पछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते पनि दोस्रो पटक पनि एमालेले प्रदेश सरकारलाई समर्थन दिएको थियो । चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरूको भनाइ छ ।
प्रदेश सरकारमा नेकपा एमालेका प्रदेश अध्यक्ष एवं सांसद विनोद शाहले प्रदेश सरकारकामा पनि चुनावी गठबन्धन ब्यूँतिएकाले आफूहरूले दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।
शाहका अनूसार अब एमाले संसदको प्रमुख प्रतिपक्ष दल भएर सरकारलाई रचनात्मक सहयोग गर्ने छ । प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् ।
योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । यो सँगै अब मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

