कर्णालीका मुख्यमन्त्री शर्माले भने– ‘राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन सकिरहेको छैन’

सुर्खेत, १८ असार ।

राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन नसकिरहेको र अझै प्रक्रियामै अल्झिरहेको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ । राज्य अझै पनि आजको आवश्यकतातिर नफर्किएको उहाँले बताउनुभयो ।
आज वीरेन्द्रनगरका आयोजित विकास निर्माण लगायत समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । राजनीति गर्ने तरिका पछौटेपनमा आधारित रहेको भन्दै मुख्यमन्त्री शर्माले एक दलले गरेको कामको अर्को दलले अस्तित्व स्वीकार गर्न नसकेको बताउनुभयो । यसले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको उहाँको भनाई रहेको थियो ।