विपन्न विध्यार्थिका लागि मानेन्द्रको झोला सहयोग

मंसिर ३०,दैलेख ।

नौमुले गाउँपालिका वडा नम्बर ६ निवासी हाल अमेरिका रहनुभएका मानेन्द्र चन्दले पालिका भित्रका विपन्न विध्यार्थिलाई झोला उपलब्ध गराउनु भएको छ ।

कक्षा १० मा अध्ययनरत नौमुले गाउँपालिका सबै माध्यामिक विध्यालयमा झोला वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा चौराठा, पैती र सल्लेरीका विद्यार्थीहरु लाई झोला सहित गाउँपालिका ले उपलब्ध गराएको शैक्षिक सामाग्री वितरण गर्न लागिएको हो।

पहिलो दिन चौराठामा रहेका अरनिको माध्यामिक विध्यालय गिरखानी र नेपाल राष्ट्रिय माध्यामिक विध्यालय .ठान्डाँडामा नौमुले गाउँपालिका शिक्षा शाखा प्रमुख अनिशा थारुको प्रमुख आतिथ्यता एवं पालिका सरकारका प्रवक्ता कृष्ण बहादुर सलामी को विषेश उपस्थित साथै वडा अध्यक्ष , विध्यालय ब्यबस्थपन समितिका प्रतिनिधि ,अभिभावक ,प्र.अ.शिक्षक र विद्यार्थी को उपस्थितमा अन्तरक्रियात्मक कार्यक्रम सहित झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

शिक्षक ,अभिभावक ,विद्यार्थी ,शिक्षा शाखा प्रमुख र पालिका सरकारका प्रवक्ता सहितको शैक्षिक गुणस्तर वृद्धि गर्ने सवालमा पहिलोपटक अन्तरक्रिया कार्यक्रम भएकोले उर्जा थपेको नेपाल राष्ट्रिय माभ्यामिक विध्यालय ठान्डाँडा का प्रधानअध्यापक टोप बहादुर चन्द ले भन्नुभयो ।
अभिभावकहरु ले यो कार्यक्रम पहिलो भएको र यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रम ले विद्यार्थीमा उत्कृष्ट नतिजा हासिल गर्ने गरि पढ्न सकिन्छ भन्ने उत्साह पैदा भएको नेपाल राष्ट्रिय माध्यामिक ठान्डाँडाकि प्रथम छात्रा चाहाना चन्द ले बताउनुभएको छ ।

उता अरनिको माध्यामिक विध्यालयमा भने कक्षा १० कि प्रथम छात्रा सविना शाही ले विज्ञान शिक्षक नियमित विद्यालय नआउने भएकोले पढाई राम्रो नभएको गुनासो गर्नुभएको छ । विज्ञान शिक्षक नै विद्यालय को प्रधानअध्यापक भएकोले विद्यालय को प्रशासनिक काममा हुन्छ भन्दै आफुलाइ जानकारी नै नगराइ धेरै बिदामा बस्नुहुन्छ भन्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा चन्द ले बताउनुभएको छ ।
साथै शिक्षा शाखा र पालिका सरकार ले विद्यालयको अनुगमन नगरेकोमा गुनासो गर्दै आगामी दिनमा नियमित अनुगमन र यस्तै कार्यक्रम गरिदिन आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमको सहजीकरण प्रगतिशील लेखक संघ का केन्द्रिय सदस्य किशोर सुवेदी ले गर्नुभएको थियो ।