अनेरास्ववियुको विगत, वर्तमान र भविष्य

विद्यार्थि आन्दाेलन र अनेरास्ववियुको विगत

सर्वप्रथ नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्न सफल अनेरास्ववियु नेकपा एमाले निकट भातृ संगठन हो। नेपाली विद्यार्थी आन्दोलनमा अग्रहणी संगठनको छवि बनाएको अनेरास्ववियुले विगत लामो समयदेखि नेपाली राजनीतिक उतारचढावमा निर्णायक भूमिका निर्वाह गर्न सफल भएको छ। नेपाली विद्यार्थी आन्दोलनको इतिहास स्मरण गर्दा सबै भन्दा पहिले भारतको बनारसमा अध्ययनरत विद्यार्थीलेहरु ‘नेपाली छात्र संघ’ को गठन गर्दै विद्यार्थी आन्दोलनको पहिलो खुड्किलो स्थापना गरेका थिए। त्यसपछि कलकत्तामा ‘हिमाचल विद्यार्थी संघ’को स्थापना भएको थियो । नेपाल भित्र जहानियाँ राणा शासनको विरुद्धमा आवाज उठाउन र राणा शासनको अन्त्य गर्ने प्रमुख उद्देश्य राख्दै २००६ साल असार १७ गते प्रचण्ड राज सिंह ले नेतृत्त्व गर्दै ‘ अखिल नेपाल विद्यार्थी फेडेरेसन ‘ गठन गरेर नेपाली विद्यार्थीहरुले नेपाल बाहिर संगठित रूपमा सञ्चालित आन्दोलनलाई थप ऊर्जा प्रदान गर्दै आफ्ना गतिविधि भूमिगत रूपमा अगाडि बढाउन सुरु गरिएको पाइन्छ। केही समयपछि अखिल नेपाल विद्यार्थी फडेरेसन र केही थप क्रियाशील विद्यार्थी संगठन हरु बीच एकता गर्दै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन नामाकरण गर्दै नेपाली राजनीति मा विद्यार्थी आन्दोलन का गतिविधि सक्रिय रूप मा सञ्चालन गरिएको थियो।

अनेरास्ववियुको इतिहास स्मरण गर्दा वि सं २०२२ जेठ १ गतेका दिन नौ कक्षा मा अध्यनरत बिधार्थी क सुजन खरेलको संयोजकत्व मा अनेरास्ववियूको स्थापना गरिएको थियो। नेपालको राजनीतिमा पञ्चायती व्यवस्थाले नेपाली जनतालाई राजनैतिक अधिकार बाट वञ्चित गर्दै निर्दलीय व्यवस्था मार्फत साशन गर्दै आएको थियो र अनेरास्ववियुको स्थापनाकालको पहिलो कदम पञ्चायती व्यवस्थाको उनमुलान गर्न सशक्त आन्दोलन गर्ने, निरंकुश राजतन्त्रको बिरुद्धमा जनतालाई जागरुक गराउने, समान उदेश्य प्राप्ति गर्ने चाहाना भएका युवालाई संगठित गर्ने राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा वकालत गर्दै नेपाल को साशन व्यवस्थालाई परिवर्तन गर्ने र आम नेपाली जनतालाई शिक्षा प्रदान गर्ने प्रणाली स्थापित गर्नुपर्ने थियो । वर्तमान समयमा नियाल्दा अनेरास्ववियुले घोषित मुद्दामा सफलता हासिल गरेको देखिन्छ । पञ्चायती व्यवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्य बोकेर २०२२ ज्येष्ठ १ देखी सुरु भएको विद्यार्थीको आन्दोलन आज सम्म पनि उत्तिकै सशक्त र ऊर्जावान् छ । नेपाली जनतालाई थिचो मिचो गर्ने र राज्य दोहन गर्ने व्यवस्था को अन्त्य गर्न होस या संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि होस् अनेरास्ववियुको भूमिका स्मरणयोग्य छ ।

 अनेरास्ववियूकाे वर्तमान कार्यभार
अनेरास्ववियको वर्तमानको विषयमा चर्चा गर्दा विगतमा विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण एजेण्डा हरु स्थापित गर्न सफल संगठन ले सार्वजनिक यातायात मा विद्यार्थी हरुलाई ४५% भाडा छुट, शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण उपलब्ध गराउन आवश्यक पहलकदमी, शैक्षीक क्षेत्र मा देखिएका समस्या समाधान गर्न सरकार लाई खबरदारी गर्ने देखि नेपाली राजनीतिलाई दिशा निर्देश गर्न एउटा सशक्त दाबाब समूह को भुमिका पनि निर्वाह गर्दै आएको छ। तमाम विद्यार्थी समुदायको हकहित, विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा योगदान र समय अनुकुल शैक्षिक सुधार कर्यक्रम गर्दै विद्यालय स्तरका पाठ्यक्रम निर्माण मा गोष्ठी सेमिनार र अन्तरक्रिया कार्यक्रमको माध्यम बाट सलाह र सुझाब प्रदान गर्दै आएको छ।
नेपालको विद्यमान शिक्षा प्रणालीलाई वैज्ञानिकता तर्फ उन्मुख गराउनु, नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्ने र्सवसुलभ र निशुल्क शिक्षा नेपाली विद्यार्थी प्राप्त गर्ने व्यवस्था मिलाउने राष्ट्र र राष्ट्रियता को पक्षमा आवाज उठाउने, नेपाल र नेपालीको अपमान गर्ने असमान संन्धि सम्झौताहरु खारेज गरी आफ्नो गुमेको भूभाग फिर्ता लिने, सीमा अतिक्रमणको विश्वव्यापी विरोध गर्ने राष्ट्रिय स्वाधिनता को रक्षा गर्दै पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्त्व गर्नु अनेरास्ववियुको आजको आवश्यकता हो। नेपालको राष्ट्रिय सुरक्षा स्थापना गर्न भूमिका निर्वाहा गर्ने, विदेश नीति निर्माण र राष्ट्रिय स्वार्थ पूर्ति गर्न पहल गर्ने र विश्व स्तरमा शान्ति कायम राख्ने, साम्राज्यवाद, विस्तारवाद, र शस्त्रीकरण विरोधी आन्दोलनको नेतृत्त्व गर्दै र विश्व शान्तिको पक्षमा जोड दिने आजको आवश्यकता हो।

अनेरास्ववियुकाे अबकाे बाटो

अब अनेरास्ववियु को भविष्य को विषयमा चर्चा गर्दा विगतमा भएका आन्दोलनका शैली लाई परिवर्तन गर्दै अब २१ औं सताब्दी अनुकुल रचनात्मकता, उद्यमशीलता र परिवर्तित विश्व परिस्थिति तिर आन्दोलन को स्वरूप परिवर्तन गर्न जरुरी छ। नेपालबाट वैदेशिक रोजगार होस् या उच्च शिक्षा हासिल गर्ने लक्ष्यसहित विदेशिने तमाम जनशक्तिलाई आफ्नै देशमा रोजगारी प्रदान गर्ने संयन्त्र निर्माण गर्ने तिर आन्दोलन उन्नमुख हुनु आज को आवश्यकता हो। नेपाल मा उपलब्ध जल जमीन र जङ्गल को उपयोग गर्दै देशको अर्थतन्त्र बलियो बनाउने अभियान सञ्चालन गर्नु पनि अनेरास्ववियु को दायित्व भित्र पर्दछ। नेपाल को भूभाग भित्र पर्ने तमाम खनिज पदार्थ को खोजि, उपलब्ध बहुमूल्य जडिबुटी हरुको विश्व व्यापारीकरण र ऊर्जा का श्रोत को खोज अनुसन्धान मा सरकारलाई झकझाक्याउने विषय प्रमुख उद्देश्य रहने छ। राज्यको श्रोत र साधन को समुचित सदुपयोग गर्दै दिगो विकास लाई टेवा पुर्याउने। सैद्धान्तिक रुपमा नेकपा एमाले सँग राजनीतिक सामिप्यता राख्दै स्वतन्त्र र जनवादी विद्यार्थी संगठन भएकोले नाताले राष्ट्रियता, प्रजातन्त्र र जनता का अधिकारका पक्षमा काम कारवाही अघि बढाउनु पर्ने एक महत्वपूर्ण आवश्यकता हो । असमान सन्धि सम्झौता अनुसार नेपाल ले गुमाएका भूभाग फिर्ता लिने, छिमेकी राष्ट्रसँग उत्पन्न सीमा विवाद का विषयहरू कुट्नतिक माध्यमबाट हल गर्न नेपाल सरकारलाई खबरदारी गर्ने र अन्तराष्ट्रिय क्षेत्रमा नेपाल को सार्वभौमिकता अखण्डता र राष्ट्रीय स्वाधीनताको रक्षार्थ अब्बल भूमिका अबको अनेरास्ववियुका नेता कार्यकर्ता ले निर्वाह गर्नुपर्दछ।
माध्यमिक तहसम्म को शिक्षा सर्वसुलभ र निशुल्क भूगोलको आवश्यकतामा आधारित उच्च शिक्षा र पिछडिएको वर्गका निम्ति निशुल्क शिक्षा प्रदान गर्न जोड अब को अनेरास्ववियु ले दिनुपर्दछ। यति मात्र नभई मातृ पार्टी नेकपा एमालेको मार्गनिर्देशकको पनि भूमिका अबको अनेरास्ववियूले निर्वाहा गर्न सक्नुपर्दछ। पार्टी संगठन मा मौलाएको गुटबन्दी को भण्डाफोर गर्दै शैक्षिक व्यापारीकरण, शैक्षीक माफियातन्त्र, शिक्षा क्षेत्र को निजीकरणका विरुद्धमा अनेरास्ववियु को आन्दोलन निर्देशित हुनुपर्दछ। सरकारी शिक्षाको गुणस्तरीयता, शैक्षीक वातावरण सुधार, शैक्षीक क्षेत्रमा अत्याधुनिक पूर्वाधार निर्माण र शिक्षक शिक्षिका लाई क्षमता अभिवृद्धि तालिम का साथै उचित पारिश्रमिक को व्यवस्था आज को शैक्षिक रूपान्तरण को आवश्यकता हो र यसको लागि अनेरास्ववियु का नेता कार्यकर्ता कटिबद्ध हुनुपर्छ।

लेखक अनेरास्ववियुका केन्द्रिय सदस्य हुन