कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

वैशाख १२, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो ।
रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले परियारलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् ।
भोली मुख्यमन्त्रीमा कँडेलले संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।