अमरज्योतिको ६४ औँ बार्षिकोत्सव, सार्बजनिक विद्यालय सुधार्न समुदायको भूमिका महत्वपूर्ण हुन्छ ः मुख्यमन्त्री कंडेल

सुर्खेत, १५ भदौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश राजधानी वीरेन्द्रनगरका सार्वजनिक विद्यालयहरुको व्यवस्थापनमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ ।
वीरेन्द्रनगर १२ स्थित अमरज्योति माध्यामिक विद्यालयको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्नुहुँदै कंडेलले प्रदेशका सबैजसो जिल्लाबाट प्रदेश राजधानीमा विधार्थी पढ्ने आउने गरेकाले यहाँका विद्यालयको व्यवस्थापनमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको हो । अमरज्योति लगायत वीरेन्द्रनगरका नाम चलेका विद्यालयहरुमा कर्णालीका सबैजसो जिल्लाबाट विद्यार्थीहरु आउदा अत्याधिक चाप रहेको । विधार्थीको चाप र प्रदेश राजधानीमा भैरहेको बसाई सराईलाई ध्यान दिएर यहाँका विद्यालयको भौतिक निर्माण, शिक्षक अनुदान लगायतका प्रदेश सरकारले सक्दो सहयोग गरिरहेको मुख्यमन्त्री कंडेललको भनाई छ । विद्यालय लगायत सामुदायिक सार्बजनिक संस्थाहरुको व्यवस्थित सञ्चालनका लागि समुदायको महत्पूर्ण भूमिका हुने भन्दै अमरज्योति माध्यामिक विद्यालय त्यसको नमूनाका रुपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
एक अर्काे प्रसंगमा मुख्यमन्त्री कंडेलले सुर्खेत विमानस्थल विस्तारका गरिने बताउनुभएको छ । प्रस्तावित चार सय मिटर विस्तार गरिदा प्रभावित क्षेत्रमा पर्ने विद्यालय समेत रहेको अमरज्योति माध्यामिक विद्यालयमा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्दै कंडेलले स्थानीयवासीलाई अन्याय नपर्नेगरी विमानस्थल विस्तार गरिने बताउनुभएको हो । ठूलो लागेको आयोजना भएकाले प्रदेश सरकार एक्लैले नसक्ने भन्दै संघीय सरकारले उचित बजेट विनियोजन गरे अलिहेको विमानस्थल विस्तार गरिने उहाँले स्पष्ट पार्नुभयो ।
अमरज्योति का पूर्व प्राधानाध्यापक समेत रहनुभएका मध्यपश्चिम विश्व विद्यालयका पूर्व उपकुलपति कालिप्रसाद पाण्डेले शिक्षाको गुणस्तर कायम राख्न सार्वजनिक विद्यालयहरुलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले अमरज्योति शैक्षिक गुणस्तरका हिसाबले देशभरिमै कहलिएर अमर बनेको जिकिर गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले सबैको साथ सहयोग र सल्लाह सुझावका आधारमा आगामी दिनमा अमरज्योति लाई अझै उचाईमा पु¥याउने प्रण गर्नुभयो । विभिन्न समयमा विभिन्न व्यक्ति, संस्था र निकायको सहयोगले अमरज्योति अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्दै अध्यक्ष पौडेलले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नुभयो ।


अमरज्योति माध्यामिक विद्यालयले हाल बाल कक्षादेखि कक्षा १२ सम्म साथै सिटिइभिटि तर्फका सिभिल इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयको डिप्लोमा तहमा अध्यापन गराउदै आएको छ । कर्णाली प्रदेशका दश वटै जिल्ला र बाँके, बर्दिया, अक्षाम लगायत अन्य विभिन्न जिल्लाबाट गरी हाल तीन हजार बढी विधार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले कक्षा ११÷१२ मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायका विषयको पठन पाठन गर्दै आएको छ । विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले विधार्थीको चाप अधिक रहेको तर त्यसका आधारमा शिक्षक अनुपात कम, भौतिक संरचनाको कमीले सोचे अनुरुप विधालय संचालन गर्न चुनौति रहेको बताउनुभयो ।


विधालयले विभिन्न बैंक, संस्थासाथै दाताहरुको सहयोगमा अक्षय कोष निर्माणगरी जेहेनदार विधार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्दै आएको छ । बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ । भदौ ४ गते वीरेन्द्रनगर १२ मा रहेका टोल विकास समितिहरुका अध्यक्षहरु र विधालयका प्राधानाध्यापक अध्यक्षहरुसंग अन्तक्रिया गरिएको थियो । यस्तै १२ गते सुर्खेत उपत्याकाव्यापी माध्यापमिक विद्यालयहरुबीच वक्तृत्वकला,चित्रकला, सदानात्मक रुपमा दौड भलिवल लगायतका प्रतियोगिता गरिएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान पनि गरेको छ ।