तत्कालै हुस्सु हट्ने सम्भावना छैन : मौषम विभाग

पुष २४, सुर्खेत- आज सुर्खेत सहित तराई का जिल्ला हरुमा बिहानै देखी हुस्सु र कुहिरो लागेको छ । केही दिनदेखि बिहान र बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । ट्राफिक प्रहरील कुहिरो तथा हुस्सु लागेका बेला सम्भावित जोखिम क्षेत्रमा सामान्य गतिमा गाडी चलाउन र बत्तीको प्रयोग गर्न अनुरोध गरेको छ ।
हुस्सु र कुहिरो लागेका बेलामा बाटो राम्ररी नदेखिने हुँदा साइकल, अटो रिक्सा, ट्याक्टरको टालीमा टल्कने अर्थात् [रिफ्लेक्टिभ] स्टिकरु टाँस्ने, बिहान र बेलुका जाँचलाई थप प्रभावकारी बनाउने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
अबको केहिदिन हुस्सु र कुहिरो तत्कालै हट्ने सम्भाबना भने नरहेको मौसम पुर्वानुमान महाशाले जनाएको छ ।