वैशाख १५, काठमाण्डौ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगका लागि ३४ जनाको नाम सार्वजनिक भएको छ । पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट अर्थात् संक्षिप्त सूची छनोट गरी सार्वजनिक गरेकोे हो ।
३४ जनामध्येबाट १० जना बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुण तथा मेलमिलाप आयोगको पदाधिकारी बन्नेछन् । समितिले संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन आह्वान गरेको छ ।
उनीहरुबारे आउँदो २० गतेसम्म सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रूपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो । दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका एक सय ११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

