कर्णालीमा ‘काउन्ट मि’ अभियान

सुर्खेत, ६ साउन (जागरण) । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश शाखाले आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘काउन्ट मि’ ¥याली निकालेको छ ।
आज विहान वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको ¥याली पीपल चौतारामा पुगी कोण सभामा परिणत भई सम्पन्न भएको हो ।
¥यालीलाई सम्वोधन गर्दै राष्ट्रिय अपाङग महासंघ नेपालका केन्द्रीय सदस्य देवी दत्त जोशीले अपाङगताका सवाललाई सरकार समक्ष पु¥याउनका लागि ‘काउन्ट मि’ अभियान सुरु गरिएको वताउनुभयो ।
अपांगतामैत्री निती निर्माणमा सरकारको ध्यानाकर्षण गराउनका लागि ¥याली आयोजना गरिएको केन्द्रिय सदस्य जोशीको भनाई छ ।
उहाँले राज्यका विभिन्न अंगमा अपाङगता भएका व्याक्तिलाई स्थान दिन शान्ति पुर्ण ¥याली मार्फत सरकारको ध्यानकर्षण गराईएको बताउनुभयो ।
साथै भोली प्रदेशका मुख्यमन्त्री लाई आफ्नो ३९ सुत्रिय माग राख्ने केन्द्रिय सदस्य जोशीले बताउनुभयो ।
¥यालीमा सहभागीहरुले समाजमा अपाङगता भएकालाई स्थान दिऊ, ‘काउन्ट मी’, रोजगारीको व्यवस्था गर, अपाङग मैत्री कानुन निर्माण गर, निशुःल्क बिमाको व्यवस्था गर जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।
राष्ट्रिय अपाङग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले देश संघिय संरचनामा गए पनि तीन वटै सरकारका संरचनाहरु अपाङग मैत्री वन्न नसकेको वताउनुभयो ।
अपाङगता जतिबेला जो पनि बन्न सक्ने भएकाले पुर्वाधार विकासलाई पनि अपाङग मैत्री बनाउनु पर्नेमा उहाँको जोड छ ।
अभियानले अपाङग अवसर पाए सबै गर्न सक्छन र सबै ठाँउमा अपाङगको सहभागिता हुन आवश्यक छ भन्ने हिसाबले ‘काउण्ट मी’ अभियान सञ्चालन हुन लागेको राष्ट्रिय अपाङग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो ।
देशै भरी अहिले तिन वटै सरकारहरु कानुन बनाउन लागेकोले सबै ठाँउमा अपाङग मैत्री कानुन बनाउनका लागि दवाब दिने उद्देश्यले यो अभियान सञ्चालन हुन लागेको शर्माको भनाई छ ।
अपाङग महासंघले ७ वटै प्रदेशमा जनवकालतको लागि ‘काउण्ट मी’ अभियान संचालन गरेको छ ।
राज्यका सबै निकाय र अंगमा अपाङगता भएका व्यक्तिहरुको सम्मानजनक सहभागितालाई यो अभियानले आफनो एजेण्डा बनाएको छ ।
अहिले देशभर १ दशमलव ४९ प्रतिशत अपाङगहरु रहेको तथ्यांक छन् भने कर्णालीमा अहिले २ दशमलव ४३ प्रतिशत अपाङग भएको आधिकारिक तथ्यांक रहेको छ ।