जागरण संवाद ।
सुर्खेत र दैलेखमा आज र भोली दिउसोबाट हावाहुरी सहितको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले दैलेख र सुर्खेतको आकाशमा पानी पार्ने कालो वादल जम्मा भैइरहेको हुनाले दिउसो डेढ दुई बजेबाट हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको छ ।
भोली पनि दिउसोतिर हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैले आज र भोली दिउसोतिर यात्रा गर्दा मौसमको अवस्था हेरेर यात्रा गर्न र छाता, रेनकोट लगायतका पानी छेक्ने साधन पनि बोकेर हिडन पनि महाशाखाले सुझाव दिएको छ।
