
साउन ३१,सुर्खेत । तीजको माहोल चुलिँदै गर्दा नेपाली संगीत बजारमा सुस्मा महराले विष्णु माझीलाई टक्कर दिन थालेकी हुन कि ? भन्ने चर्चा सुरु भएको छ ।
म्युजिक नेपाल बाट सार्वजनिक भएको नयाँ तीज गीत ‘ आयो तिज ’ मा सुस्मा महराको शब्द सिर्जनामा समिक्षा अधिकारी, रचना रिमालको स्वर संयोजनले यतिबेला दर्शक श्रोताहरुको ध्यान खिचेको छ।
गीत रिलिज भए लगत्तै युट्युबमा लाखौ पटकभन्दा बढि हेरिएको छ, र धेरै दर्शकले कमेन्टमा सुस्माको शब्द सिर्जना शक्तिको प्रशंसा गरेका छन् ।
गीतको एक अंश “ बिधुवाले पनि शिवकै नाममा ब्रत बसि रातो सारीमा नच्न पाईयोस ” यो पंक्तिमा उनले प्रयोग गरेको शब्द भावमा नेपाली समाजमा रहेको पुरातनबादि हानिकारक संस्कारको विरोध गर्दै नारी अधिकार र चेतनाको शन्देश प्रवाह गरेको छ ।
मिठासपूर्ण टोन र गायीका द्धय समिक्षा अधिकारी, रचना रिमालको उच्चारणको स्पष्टताले पुरानो मौलिक लोक धुनको थप स्वाद दिलाएको छ। धेरैलाई यो शैलीले विष्णु माझीका प्रारम्भिक गीतको याद दिलाएको छ।
वर्षौंदेखि तीज गीतमा आफ्नो अद्वितीय स्थान बनाएकी विष्णु माझीलाई धेरैले ‘अप्रतिद्वन्द्वी’ मान्दै आएका छन्। तर, सुस्मा महराको बढ्दो लोकप्रियता र दर्शकको सकारात्मक प्रतिक्रिया हेर्दा उनी पनि भविष्यमा बलियो प्रतिस्पर्धी बन्ने कुरा नर्कान सकिदैन । सुस्मा महराका गितमा पनि विष्णु माझीका गितहरुको तुलनागर्दा माझीको स्वरमा जसरी गहिरो, स्थिर र मधुर, भाव देखिन्छ त्यसै गरी सुस्मा महराको शब्द शक्तिमा पनि त्यो पाईन्छ अर्को कुरा परम्परागत मौलिकता र आधुनिकताको सन्तुलन उच्चारण स्पष्टता , पुरानो शैली, हल्का आधुनिक प्रभाव , भावनामा डुबाउने क्षमता मिठास र ऊर्जा दिने शब्द शक्ति जस्ता कुराले दशकौँदेखि अग्रस्थानमा रहेकि गायीका माझी कै यात्रामा धेरै कुराको समिश्रण मिलेपछि सुस्मा महराको चर्चा हालै तीव्र गतिमा बढिरहेको छ ।
जसरी बिष्णु माझिका आइना आमा यो तिजमा” “सिङ्गापुरे भेना ”जस्ता बोलका गितहरुको सधै प्रभाव छ ठिक त्यसै गरी सुस्मा महराको “ आयो तिज ”, गितले उनलाई नेपाली सांगितिक यात्रामा स्थाई लोक प्रिय शब्द सर्जक बन्ने संकेत दिनथालेका छन ।
गित सार्वजनिक भए पछि संगीतकर्मीहरूले नै सुस्मा महराको “ आयो तिज ”गितका शब्दहरुले बोकेका समाजीक परिवेश संस्कृति र संस्कार संग आधारित यर्थातपरक मौलीक भाव सहितको स्वस्थ प्रतिस्पर्धाले नेपाली लोक तथा तीज गीतमा नयाँ ऊर्जा ल्याउँन मदत गर्ने विश्वास ब्यक्त गरेका छन ।
यस हिसावले पनि अहिलेको तीज २०८२ को सुरुवातमै सुस्माले ल्याएको सांगिजतिक शब्द संगितको चमक हेर्दा, दर्शकले श्रोताले आगामी वर्षहरूमा सुस्मा महरा र विष्णु माझीका गीतहरुको प्रत्यक्ष तुलनाको अवसर पाउने पक्का छ ।
