कृषिमा आत्मनिर्भर हुन युवा आकर्षित हुनुपर्छ : कृषि मन्त्री शाह

सुर्खेत ४ असाेज ।

कृषिमा आत्म निर्भर बनाउनका लागि युवाहरु कृषि कर्ममा लाग्नुपर्ने बताउनुभएको छ ।
ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतले आयोजना गरेको ड्रागन खेती स्थानीय स्रोत व्यक्ति तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री शाहले देशको समृद्धिका लागि कृषिमा आत्म निर्भर बन्नु पर्ने र त्यसका लागि युवाहरु कृषि व्यवासयमा लाग्न आवश्यक रहेको बताउनुभएको हो । कर्णाली प्रदेश जैविक विविधतायुक्त प्रदेश भएकाले यहाँ कृषिमा राम्रो संभावना रहेको मन्त्री शाहको भनाइ छ । ड्रागन लगायत नविनतम र उच्च मूल्यका फलफूल लगायत व्यावसायिक कृषि प्रवद्र्धनका लागि प्रदेश सरकारले अनुदान तथा व्याज अनुदानजस्ता प्रोत्सहानका कार्यक्रम राखेको उहाँले बताउनुभयो ।
हेल्भेटास नेपालको सहयोगमा ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतले स्थानीय स्रोत व्यक्तिका लागि २१ दिने तालिम दिएको हो । तालिमले ड्रागन खेती विस्तार र व्यवसायमा महत्वपूर्ण सहयोग पुग्ने संघका अध्यक्ष महेन्द्र खनालले बताउनुभयो । सरकारले बजारीकरणमा सहयोग गरेमा उत्पादनमा किसानलाई हौसला मिल्ने अध्यक्ष खनालको भनाइ छ ।

प्रमुख प्रशिक्षक टिकाराम थापाले सैदान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइएको बताउनुभयो । तालिममा सहभागी गुर्भाकोट सुर्खेतका दोमन गाहाले तालिमले आफूसँगै छरछिमेकमा ड्रागन खेती गरिरहेका किसानहरुलाई अझ राम्रोसँग खेती गर्न सहयोग पुग्ने बताउनुभयो । हेल्भटासले सञ्चालन गरेको इन इलम परियोजनाका संयोजक टेकबहादुर सिंहले ड्रागन खेतीबाट राम्रोत लाभ लिन सकिने बताउँदै व्यवसायमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।