निर्वाचनमा जान मुख्य तीन दलका शीर्ष नेताको प्रतिबद्धता


पुष १२, काठमाण्डौ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बालाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
दलहरुले निर्वाचनमा जान प्रतिबद्धा जनाएका र प्रधानमन्त्रीबाट सुरक्षाको ग्यारेन्टि गर्ने प्रतिबद्धता आएकाले अब निर्वाचन हुने नहुने भन्ने अन्योल बाँकी नरहेको उहाँको भनाइ छ ।
बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुुहन्थ्यो । उहाँहरु तीनैजना नवयुवा आन्दोलनपछि पहिलोपटक बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा पुग्नुभएको हो ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका ठूला दलका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव सफल पार्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
शीर्ष तहमा लामो समयदेखी कायम संवादहीनतालाई अन्त्य गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्गलवार प्रधानमन्त्री सुशीला कार्की र तीन शीर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेसँगै यस किसिमको छलफलले तीव्रता पाएको हो ।