यस्तो छ आजको मौसम पूर्वानुमान


पौष १५,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ । देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ ।
देशका तराई भू–भागमा हुस्सु÷कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
आज दिउँसो र राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।