
१५ पुष , सुर्खेत
सुर्खेतको विरेन्द्रनगर उपत्यकामा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
विरेन्द्रनगरमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो पख मौसम क्रमशः खुल्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार भोलि र पर्सि कर्णाली, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ।
तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो केही दिन अझै कायम रहन सक्ने बताइएको छ। तराईमा बढेको चिसोले जनजीवन प्रभावित भइरहे पनि महाशाखाले अहिलेसम्म शीतलहरको आधिकारिक घोषणा भने गरेको छैन ।
