
२२पुस , सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर उपत्यकासहित देशभर पछिल्लो समय तापक्रम घट्दै गएको छ। आज बिहान ५ः४५ बजे सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा ४ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो ।
मौसमविद् विनोद पोखरेलका अनुसार हाल देशभरको मौसमी प्रणालीमा पश्चिमी वायुको केही प्रभाव कायमै रहे पनि तत्काल पानी पर्ने सम्भावना छैन। गत हप्तादेखि सक्रिय रहेको उक्त प्रणालीले पानी पार्न नसकेको उहाँले बताउनुभयो।
उहाँले आगामी १३ दिनसम्म वर्षा पानी पर्ने सम्भावना नरहेको र १४ औँ दिनमा भने राम्रै पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।
