
माग २,फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान अधिकृतका जिम्मेवारी निर्धारण गरेको छ।
आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतले निर्वाचनसम्बन्धी तालिम लिनु, मतदान सामग्री बुझ्नु तथा मतदान केन्द्र निर्माण र सञ्चालन गर्नुपर्नेछ।
मतदानको दिन आचारसंहिता पालना गराउने, मतदान कार्यको निरन्तर अनुगमन गर्ने र कुनै गैरकानुनी गतिविधि हुन नदिने जिम्मेवारी मतदान अधिकृतको हुनेछ।
मतदान सम्पन्न भएपछि मतपेटिका तथा निर्वाचन सामग्री शिलबन्दी गरी सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाअनुसार मतदान अधिकृतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनुपर्नेछ।
