डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने


माघ ११, डोल्पा । डोल्पामा ३२८ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने यस आयोजनाले छार्का ताङसोङ र काईके गाउँपालिकालाई प्रभावित पार्नेछ ।
कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड रहेको यस आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । वातावरणीय मूल्याङ्कन प्रक्रिया अगाडि बढाइएको छ ।