
नवराज रोकाय
माघ १३
चालू आर्थिक वर्षको पुस मसान्तसम्म कर्णाली प्रदेशमा ५ हजार २ सय ४८ बिमितले बीमा बापतको भुक्तानी लिएका छन्। ।
नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेशले आज आयोजना गरेको एक कार्यक्रम मार्फत सो जानकारी गराईएको हो ।
प्राधिकरणले प्रस्तुत गरेको तथ्यांकअनुसार ६ महिनाको अवधिमा जीवन बीमातर्फ २ हजार ७ सय ३३ र र्निर्जीवन बीमातर्फ २ हजार ५ सय १५ गरी ५ हजार २ सय ४८ जनाले दाबी भुक्तानी लिएका छन् ।
जीवन बीमातर्फ ४० करोड १४ लाख २५ हजार ९ सय १२ रुपैयाँ र निर्र्जीवन बीमातर्फ २४ करोड १८ लाख ३९ हजार ५ सय ८३ रुपैयाँ रहेको छ ।
चालू आर्थिक वर्षको यस अवधिमा बीमालेख पुनर्जागरण, बीमालेख ऋण तथा समर्पण सेवामार्फत पनि बिमित लाभान्वित भएको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख निल प्रसाद लामिछानेले बताउनुभयो ।
उहाँले ६ महिनाको अबधिमा ३ हजार २ सय ४९ वटा बीमालेख पुनर्जागरण, ३ हजार ७ सय ७७ वटा बीमालेख मार्फत ६४ करोड ४७ लाख ६२ हजार ३ सय २९ रुपैयाँ ऋण प्रवाह गरिएको बताउनुभयो ।
यस्तै, १ हजार ४ सय १४ वटा बीमालेख समर्पण भएका छन, जसको बीमाङ्क १५ करोड १२ लाख ३ हजार ७ सय ४९ रुपैयाँ रहेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार कर्णाली प्रदेशमा बीमाको पहुँच प्रदेशको कुल जनसंख्याको करिब ३४ प्रतिशत पुगेको छ।
