आज प्रणय दिवस ; नेपालमा पनि उत्साहका साथ मनाइँदै

२ फागुन,काठमाण्डौ । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपालमा पनि उत्साहका साथ मनाइँदै छ। विशेषगरी युवापुस्ताले यसलाई प्रेम सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिने गरेका छन्।

पश्चिमी देशबाट सुरु भएको यो दिवस पछिल्ला वर्षहरूमा नेपालमा पनि लोकप्रिय बन्दै गएको छ। प्रविधिको पहुँच र सामाजिक सञ्जालको प्रभावसँगै शहरबजार मात्र होइन, गाउँघरमा समेत प्रणय दिवसको चर्चा बढेको छ।

आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गर्ने परम्परा रहेकाले फूल तथा उपहार व्यवसायमा उल्लेख्य वृद्धि हुने गरेको छ। इतिहासअनुसार भ्यालेन्टाइन डे को सुरुवात सन् २६९ मा इटालीको रोमन क्षेत्रमा भएको मानिन्छ। प्रेमका लागि बलिदान दिएका सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाउन थालिएको विश्वास गरिन्छ।

सप्ताहभर विभिन्न कार्यक्रमका साथ मनाइने प्रणय दिवसका अवसरमा नेपालमा करिब साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० का अनुसार मागको ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ । अरु ७० प्रतिशत आयातमा निर्भर छ । अपुग गुलाफ भारतबाट आयात हुने गरेको फ्यानमा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बताउनुभयो । उपयुक्त शिर्षक