सुर्खेत, १५ साउन (जागरण) । सरकार विरुद्ध नेपाली कांग्रेसले आज सुर्खेसहित देशभर प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो ।
सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषय उठाउँदै कांग्रेसले देशब्यापी रुपमा विरोध कार्यक्रम गरेको हो । सुर्खेतको वीरेन्द्रनगरमा पनि कांग्रेसले विरोध ¥याली निकालेको छ । ¥यालीपछि आयोजित विरोधसभामा कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस सडकमा उत्रिन बाध्य भएको बताउनुभयो ।
पुर्वमन्त्री समेत रहनुभएका नेता थानीले कम्युनिष्ट सरकारले संविधान विपरित काम गरेको टिप्पणी गर्नुभभयो । सभामुख उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने भएपनि कुनै पद छाड्न तयार नभएको उहाँको भनाई छ ।
थानीले नेपाली कांग्रेस सरकारसँग टक्कर लिन पनि तयार रहेको बताउनुभयो । उहाँले विगतमा काँग्रेसले निरङ्कुशतासंग लडेको भन्दै अब कम्युनिष्ट सरकार पनि काँग्रेससामु धेरै दिन टिक्न नसक्ने दाबी गर्नुभयो ।
यस्तै, कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कम्युनिष्ट सरकारविरुद्ध टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने अवस्था आएको बताउनुभयो ।