भत्तामै सकियो १३ लाख बजेट

दैलेख, १५ भदौ (जागरण) । दैलेखको आठविस नगरपालिकाले गत वर्ष अनुगमनको नाममा १३ लाख १४ हजार रुपैँया खर्च गरेको छ । योजना अनुगमनमा वर्ष दिनभित्र यति धेरै रकम खर्च गरेको हो ।
नगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु तथा कर्मचारीहरुले अनुगमनमा १३ लाख १४ हजार रुपैँया खर्चेका हुन् । गुणस्तरिय अनुगमन नगरिकनै भत्तामा धेरै रकम खर्चेको भन्दै स्थानीयले विरोध गरेका छन् ।