डोल्पामा जीप दुर्घटना हुँदा दश जनाको मृत्यु, कारणबारे अनुसन्धान चल्दै (अडियोसहित)

डोल्पा, २० कात्तिक (जागरण) । डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६११ नम्बरको जीप ठूलीभेरी–९ मा दुर्घटनामा परेको हो ।
जिप चालक त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ३ का दिनेश बहादुर बोहोरा वडा नं. २ रुकुमका वडा अध्यक्ष नन्द बहादुर थापा गम्भीर घाईते हुनुभएको छ । घाईते दुबै जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भईरहेको छ ।
जिप दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. १ का हेमराज हमाल, नर सिंह कठायत, सेर बहादुर थापा, वाड नं. २ की अस्मीता रोकाया, वडा नं.५ की लक्ष्मी रोकाय, वडा नं. ३ का बोध धराला, वडा नं.३ का मनिसा धराला र ठुलीभेरी भेरी नगरपालीका वडा नं.५ का भद्र रोकायाको घटना स्थलमै मृत्यु भएको हो । घटनाप्रति डोल्पाका प्रदेश सभा सांसद वीरबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । यसैबिच सहकर्मि चाँदनी कठायतले डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई घटनाबारे सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।