जिप्रका सुर्खेतद्वारा ४ प्रहरी पुरस्कृत

सुर्खेत, १५ माघ (जागरण) ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज प्रहरी नायव निरीक्षकसहित ४ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।
प्रहरीलाई उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताउनुभयो ।
सर्वोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई विभागीय नीतिनियम बमोजिम ‘सर्वोत्कृष्ट कार्यक्रम पुरस्कार’ छनौट समितिको सिफारिसमा पुरस्कृत गरिएको कार्यालयको भनाई छ ।


पुरस्कृत हुनेमा प्रहरी कार्यतर्फ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक नेत्रबहादुर खड्का, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमतर्फ प्रहरी चौकी मेहलकुनाका प्रहरी नायव निरीक्षक सरजित बलेली मगर तथा लागूऔषधि नियन्त्रणतर्फ ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी हवल्दार ओमबहादुर रावत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी जवान नवराज जैशी रहनुभएको छ ।