सुर्खेत, २० कात्तिक (जागरण) । नेपालमा पहिलो पटक सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नता स्तरीकरण गरेको छ । सवै वडाका जनतामाझ पुगि संकलन गरेको विन्नता स्तरीकरणको नतिजाअनुसार आजै प्रमाणपत्र बाँडिएको छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेको कार्यक्रममा क, ख, ग र घ गरी चारवटा वर्गको प्रमाणपत्र वितरण गरिएको छ ।
अब विभिन्न लक्षित तथा आयआर्जन मुखि कार्यक्रम छनोट गर्दा अतिविपन्न वर्गमा केन्द्रित गरिने गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले बताउनुभयो । मन्त्री ज्वालाले गाउँपालिकाको यो कार्य प्रशंसनीय रहेको भन्दै क्रमवद्ध स्तरवृद्धिका योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओली, गरिबी निवारण कोषका केन्द्रीय कार्यकारी निर्देशक नहकुल केसीलगायतले शुभकामना दिनुभएको छ ।