सुर्खेत, २४ कात्तिक (जागरण) । नेपाललाई कृषि उत्पादनका हिसावले उर्वर मानिन्छ । अझ कर्णाली प्रदेशका अधिकांश स्थानको माटो खेतीका लागि महत्वपूर्ण छ भन्छन् कृषिविज्ञहरु । उत्पादन पनि नभएको होइन तर त्यो उत्पादित कृषि उपज बजारसम्म पुग्दैन । स्थानीयस्तरमा उत्पादन भएका कृषि वस्तुहरु खेर गईरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित अधिकांश सब्जी मण्डीहरुमा भारतबाट तरकारी तथा फलफुल आयात गरिन्छ । यसअघि कर्णाली प्रदेश सरकारले पनि भारतिय तरकारी आयातलाई रोक्ने निर्णय गरेको छ । यसै सन्दर्भमा हामीले कर्णाली प्रदेशमा भारतीय तरकारीको आयात रोक्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ ।
सुनौँ जनताको आवाज जस्ताको त्यस्तैः