लागु औषध (ब्राउनसुगर) सहित दुई पक्राउ

सुर्खेत, २३ माघ (जागरण) । लागूऔषध ब्राउन सुगरसहित सुर्खेतमा २ जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ गणेशचोक स्थित गणेश भनिने लिलबहादुर सुनारको घरमा लिलबहादुर समेतका मानिसहरुले लागु औषध (ब्राउनसुगर) बिक्री बितरण गरिरहेको गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले २२ वर्षिय लिलबहादुरसहित ४४ वर्षकी देबुकी सुनारलाई पक्राउ गरेको हो ।

उनीहरुको घर तथा शरिर समेतको खानतलासी गर्दा ३ पोका लागु औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ प्लाष्टीक बाहेक २ ग्राम ९ सय ४० मिलिग्राम, लागु औषध (ब्राउनसुगर) बिक्री बितरण गरी नगदको सट्टा डिग राखेका जिन्सी दशी प्रमाणहरु, बिभिन्न कम्पनीका मोबाईल थान ६, ल्यापटप थान १, डिजिटल नापतौल तराजु थान २, घडी थान १, राहदानी थान १ र लागु औषध बिक्री बितरण गरी आर्जन गरी लुकाई छिपाई राखेको २ लाख ७४ हजार ७ सय ६३ नगद बरामद पनि गरिएको छ ।

हाल उनिहरुमाथि थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।