‘तरकारीले ल्याएको समृद्धी’ (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, २४ कात्तिक (जागरण) । भेरीगंगा नगरपालिका वडानम्वर ४ सुर्खेतका बल बहादुर खत्री विगत २५ बर्षयता तरकारी खेती गरिरहनुभएको छ । तरकारी खेतीबाट नै उहाँले वर्षेनी लाखौँको आम्दानी लिन सफल बन्नुभएको छ । अहिले उहाँको बारीमा बन्दा, काउलीको सिजन छ । खत्रीले अहिले पाचँ रोपनीमा काउली लगाउनुभएको छ ।


यस्तै युवा किसान पवन खत्री उमेरले २२ बर्ष पुग्नुभयो हामी उहाँको बारीमा पुग्दा बोरा भरी काउली प्याक गरेर सडकको छेउमा बसेर गाडीको पर्खाइमा हुनुहुन्थ्यो उहाँ । बारीमा उत्पादन भएको तरकारी सुर्खेत, दैलेख, जाजरकोट तथा बाँकेको नेपालगंज सम्म जाने गर्दछ । पढाइ छोडेर तरकारी खेतीमा लाग्नुभएका पवनले पनि तरकारी खेतीबाट राम्रै आम्दानी लिन सफल बन्नुभएको छ ।
यसरी व्यबसायीक तरकारी खेती थालेका किसानललाई अझै आफुले चाहेजस्तो उत्पादन लिन नसकेको उनिहरुको भनाई छ । बजारको प्रतिस्प्रधा तथा सिचाँइको सुविधा नहुँदा उनिहरुले सोचेअनुसार फाइदा लिन नसकेका हुन् । बजारको माग अनुसार उत्पादन गर्न नसकेको बताउनुहुन्छ विग १ दशकदेखी तरकारी खेती गर्दै आउनुभएका किसान टिकाराम बुढामगर ।
रोजगारीका लागी जागिर नै खानुपर्छ र रकम कमाउनका लागी लाखौैँ ऋण गरेर विदेश नै जानुपर्छ भन्ने छैन । गाउँमै बसेर मनग्य आम्दानी गरिरहेका युवाको यो प्रयासले धेरैलाई प्रेरणा दिइएको छ । अब यस्ता युबाहरुका लागी आधुनकि कृर्षी प्रविधी, उन्नत विउ र सिचाँइको व्यबस्था तथा उचित अनुदानको व्यबस्था भएमा थप उत्प्ररणा मिल्ने छ ।

सुन्नुहोस् अडियो रिपोर्टः