काठमाण्डौँ, ६ मंसिर (जागरण) । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । तेस्रो चरणका खेल आजदेखि पर्सी ८ गतेसम्म संचालन हुनेछन् । आज तेस्रो चरणका दुई खेल हुदैछन् ।
पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ ।