सार्वजनिक सवारी धनीले संगीत रोयल्टी तिर्नुपर्ने

काठमाण्डौँ, १८ चैत (जागरण) । अब सार्वजनिक सवारीले नेपाली गीत–संगीत बजाएवापत पनि संगीत रोयल्टी तिर्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिकामा संशोधन गर्दै गीत संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो ।
प्रतिलिपी अधिकार ऐनले कुनै सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरिए त्यसवापत रोयल्टी तिर्नुपर्ने प्रावधानमा टेकेर यो व्यवस्था गरिएको हो ।