सुर्खेत, २० माघ (जागरण) । कर्णालीका अधिकाँश जिल्लाका नागरिकलाई आफ्नै प्रदेश राजधानी पुग्न छिमेकी प्रदेशको यात्रा गर्नुपर्ने बाध्यता छ ।
प्रदेश राजधानी सुर्खेतसँग सिधा हवाई सेवा नहुँदा प्रदेश–५ को बाँकेको नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।
कर्णालीका डोल्पा, जुम्ला, हुम्ला र मुगुको प्रमुख यातायातको माध्यम हवाई सेवा हो । चारै जिल्लामा सडक यातायातको भरपर्र्दो व्यवस्था छैन ।
यि जिल्लाबाट प्रदेश राजधानी सुर्खेतसम्मका लागि हवाई सेवा सञ्चालनमा छैन । जसका कारण सर्वसाधारणलाई सुर्खेतसम्म पुग्न नेपालगञ्ज हुँदै आउनुपर्ने बाध्यता छ ।
यसैबिच ति जिल्लामा सुर्खेतबाटै सिधै उडान गर्नका लागि प्रयास भइरहेको प्रदेश सरकारका पर्यटनमन्त्री नन्दसिंह बुढाले बताउनुभयो ।