सुर्खेत, २० माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनरका अधिकांश सडक जिर्ण अवस्थामा रहेका छन् । प्रदेश राजधानी भएपनि सडकको स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
बजारको मुख्य क्षेत्रका कालोपत्रे सडकमा समेत भ्वाङ् र खाल्डाखुल्डी परेका छन् । वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर बिशाल अधिकारीले बजेट स्विकृत भएलगत्तै टेण्डर प्रक्रियामा गएर सुधारको काम अघि बढइने बताउनुभयो ।
चालु आर्थिक वर्षमा एक करोड १० लाख बजेट रहेको भन्दै आगामी चैतदेखि सडकको खाल्डाखुल्डी पुर्ने काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।