सुर्खेत, २५ फागुन (जागरण) ।गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहको गतिविधि धेरै समय नटिक्ने बताउनुभएको छ ।
सरकार शान्ति–सुरक्षा कायम गर्न गम्भीर रहेको भन्दै उहाँले विप्लव समूहले गर्दै आएका गतिविधि छिट्टै अन्त्य हुने बताउनुभयो ।
कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन आज वीरेन्द्रनगर आउनुभएका गृहमन्त्री थापाले विप्लव समुहका गतिबिधी धेरै ठुलो चुनौति नभएको बताउनुभयो ।
हिसांत्मक गतिविधि गर्न आवश्यक नरहेको भन्दै गृहमन्त्री थापाले मूलधारमा आउन विप्लवलाइ आग्रह गरिएको बताउनुभयो ।
अब देश विकासको गतिमा अगाडी बढेकाले यस्ता तत्वको चुनौती हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले एक बर्षमा अन्र्तराष्टिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको पनि जानकारी दिनुभयो ।
सरकारले संघियता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पुरा गरेको, विकासका आधारहरु तयार पार्ने, विकासका निम्ति आवश्यक योजना निर्माण गरेको समेत उहाँले दाबी गर्नुभएको छ ।