एमाले महासचिव शंकर पोखरेल सुर्खेतमा


सुर्खेत, ०५ भदौ । नेकपा (एमाले) महासचिव शंकर पोखरेल कर्णाली प्रदेश राजधानी सुर्खेत आउनु भएको छ ।
कर्णाली कार्यक्षेत्र भएका एमाले केन्द्रीय सदस्यहरुको बैठकलाई संवोधन गर्न महासचिव पोखरेल सुर्खेत आउनु भएको भएको हो ।
पार्टीले शुरु गरेको मिशन ८४ तो अभियानको योजना तर्जुमा र संगठम सुदृढिकरणलगायतका विषयमा छलफल गर्न पहिलो पटक केन्द्रीय सदस्यहरुको बैठकको आयोजना गकेको नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिनुभयो ।
‘पार्टी संगठन निर्माणमा केन्द्रीय सदस्य ज्यूहरुको सुझाव संकसन गर्न र पार्टीको सुदृढिकरणमा केन्द्रीय सदस्य कामरेडहरुको रिपोर्टींगका लागि केन्द्रीय पार्टीको निर्देशन अनुशार बैठकको आयोजना गकिएको हो’ अध्यक्ष शाहले थप्नुभयो ‘शुभ होटेलमा शुरु भएको बैठक आज अबेरसम्म चल्ने छ ।’
बैठकमा पार्टीका प्रदेश ईन्चार्ज तथा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय यामलाल कंडेल र गोरख बोगटीले पनि संवोधन गर्ने कार्यसूचि रहेको छ ।