दुई दिने शिविरबाट ३ सय १३ लाई अपाङ्गता परिचयपत्र

सुर्खेत, २३ चैत (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले दुई दिनसम्म सञ्चालन गरेको अपाङ्गता परिचयपत्र वितरण शिविरबाट तीन सय १३ जनाले परिचयपत्र प्राप्त गरेका छन् ।
जनतासँग सिम्ता गाउँपालिका भन्ने कार्यक्रम अन्तर्गत राकमको जामुने बजारमा सञ्चालन गरिएको शिविरमा एक सय ३७ जना महिला र एक सय ७६ जना पुरुषले अपाङ्गता परिचयपत्र लिएका हुन् ।


कुनै पनि नागरिक सरकारी सेवा लिन र सुरक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । उहाँले परिचयपत्रको वर्गअनुसार सेवा सुविधा, अनुदान वा सहुलियत वितरण गरिनेछ ।
क वर्ग (रातो) को अपाङ्गता परिचयपत्र पाउने ३३ जना, ख वर्ग (निलो) को पाउने ९९, ग वर्ग (पहेँलो) को पाउने ८९ र घ वर्ग (सेतो) को अपाङ्गता परिचयपत्र पाउने ९२ जना रहेका छन् ।