फेरी अर्को सुत्केरी हुन नसकेकी महिलाको उद्दार

सुर्खेत, २० वैशाख (जागरण) । सुत्केरी हुन नसकेकी महिलाको उद्दार र उपचारको क्रममा कर्णाली प्रदेश सरकारले आज डोल्पाबाट एक महिलालाई हेलिकप्टरमार्फत् सुर्खेत पुर्‍याएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जगदुल्लाह गाउँपालिका वडानम्वर ५ माझगाउँ निवाशी ३० वर्षिय लवन्न बोहोराको उद्दार गरेको हो ।
सुत्केरी हुने क्रममा बच्चाको हात पहिला निस्किएपछि जोखिमपूर्ण अवस्थामा बोहोरालाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।
गाउँमै रहेका स्वास्थ्य संस्थामासमेत सुत्केरी हुन नसकेपछि प्रदेश सरकारले हेलिकप्टरमार्फत् उद्दार गरी उपचारसम्म पुर्‍याउने गरेको छ ।