वीरेन्द्रनगरमा चिल्लोरहित र खेलकुदमैत्री पहिलो रेष्टुरेन्ट

सुर्खेत, १४ साउन (जागरण) । चिल्लो नै चिल्लो र बढि मसला मिसवट भएका खानाका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बेला सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक चिल्लो रहित परिकार खान पाइने रेष्टुरेन्ट सञ्चालन भइरहेको छ ।
साथै खेलकुद्का लागि पनि गतिलो ठाउँ नभएको अवस्थालाई मध्यनजर गरेर पनि वीरेन्द्रनगर २ हिलेखालीमा टाकोमा दि स्पोर्ट्स रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
मूल पेशाको रुपमा अध्यापन गरिरहनुभएका गोविन्द केसी र जगदिश शाहीले संयुक्त सञ्चालन गर्नुभएको रेष्टुरेन्ट करिव पाँच करोडको लगानीमा बनेको हो ।
ब्यवस्थापन संकायमा अध्यापन गरिरहेको कारणले गर्दा पनि आफूलाई ब्यापार ब्यवसायप्रति रुचि रहेको केसीले बताउनुभयो ।
केसीले आफू अध्ययनको सिलसिलामा केही बर्ष विदेशमा बसेको र त्यहाँको ब्यापार गर्ने शैली, प्रकृतिले मलाई केही फरक किसिमको ब्यवसाय गर्ने इच्छा जागृत भएको बताउनुभयो । १० कठ्ठा क्षेत्रफलमा फैलिएको यो रेष्टुरेन्ट भित्रको वातावरण रमणीय छ । हेर्नुहोस् यी फोटोहरु: