
माघ १०, हुम्ला । हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ, जसले गत भदौदेखि वर्षा नभएको कारण चिन्तित किसानलाई राहत दिएको छ ।
तल्लो क्षेत्रमा वर्षा भइरहेको छ भने माथिल्लो क्षेत्रमा सिमकोट र नाम्खालगायत स्थानमा हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित बनाएको छ र नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने बाटो बन्द भएको छ ।
