एमाले–प्रलोपा चुनावी तालमेल : पश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति


माघ २२, रुकुम पश्चिम । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ ।
नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
२०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे नयाँ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन जनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा उम्मेदवार रहेका सन्दीप पुनको नाम हटाइएको जनाइएको छ ।
त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमार्फत मतदान गर्ने सहमति कायम गरिएको छ ।
सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई पुनः निर्देशन दिने निर्णयसमेत गरेका छन् ।