नेपाल बहुसूचक सर्वेक्षणको नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

माघ २६,काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा […]

Continue Reading

फागुन २१ गतेको निर्वाचनमा हिमाली क्षेत्रका कैयौं मतदाता छुट्ने चिन्ता

माघ २६, काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कैयौं मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने चिन्ता बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुनेमा सात हजार एक सय ६० जना अहिले गाउँ बाहिर छन् । जाडो छल्न […]

Continue Reading

बालविवाह अन्त्यका लागि सुर्खेतका धर्मगुरुहरूको साझा प्रतिबद्धता

नवराज रोकाय माघ २५, सुर्खेत । जस्ट राइट्स फर चिल्ड्रेनको आयोजनामा सञ्चालन भइरहेको १०० दिने बालविवाह मुक्त नेपाल अभियान–२०८२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ब्राम्हण समाज नेपाल, नेपाल ज्योतिष परिषद् तथा धार्मिक र सामाजिक अगुवाहरूसँग अन्तक्र्रिया गरिएको छ । जेआरसी इन्टरनेश्नलको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल र बेस संस्थाको […]

Continue Reading

आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै

माघ २५, काठमाण्डौ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा […]

Continue Reading

राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्ने तयारी

माघ २५, काठमाडौ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको छ । निरन्तरता दिन पर्याप्त कार्यसूची नरहेको र प्रतिनिधि सभा सदस्यको निर्वाचनसमेतलाई ध्यानमा राखेर अधिवेशन अन्त्य हुन लागेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला काठमाडौँमै बस्नुपर्ने भएकाले राष्ट्रिय सभाका सदस्यको समेत अधिवेशन अन्त्य गर्न सुझाव छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले […]

Continue Reading

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

माघ २४, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय भएको छ । […]

Continue Reading

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा आयोगले स्वयंसेवक खटाउने

माघ २३, काठमाण्डौ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि […]

Continue Reading

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे छलफल

माघ २२, काठमाडौं । दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखत बहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको हालको प्रगति अवस्था बुझ्न जीएमआर कम्पनीका […]

Continue Reading

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

माघ २२, काठमाण्डौ । सरकारले बहुवर्षीय आयोजना सम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गरी ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२’ लागू भएको हो । नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समयसीमा अगाडि सारिएको छ । अब राष्ट्रिय […]

Continue Reading

कर्णालीको विकासको मूल ढोका खोलिदिनुहोस् : प्रदेश प्रमुख

माघ २२, सुर्खेत । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली विकासको मूल ढोका खोलिदिन संघ सरकारसँग आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशको आठौं स्थापना दिवसको अवसरमा बुधबार बोल्दै प्रमुख जोशीले फागुन २१ को निर्वाचनपछि संविधान संशोधन गरियो भने कर्णालीको मूल ढोका खोल्न आग्रह गर्नुभएको हो । ‘कर्णालीलाई बन्देज गर्न बाँके र बर्दियालाई अन्य प्रदेशमा गाभियो […]

Continue Reading